प्रदेश खारेजी र जनप्रतिनिधिको संख्या कम गर्नुपर्छ: राजेन्द्र लिङ्देन

२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा संघीयता बोझिलो भएको बताएका छन्। शुक्रबार सुरू पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिलाई तलब भत्ता खुवाएर पाल्न नसक्ने बताए।

उनले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नवीन समझदारी कायम हुन आवश्यक रहेको उनले बताए। मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको उनको भनाइ थियो।

‘नेपाल जस्तो जनसंख्या र भुगोल भएको हिसाबले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन,’ उनले भने, ‘आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ। त्यसैले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नवीन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभई प्रतिनिधि सभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार