ब्रेक फेल भएर जिप घरभित्र छिर्‍यो, ३ जना घाइते

२०८१ जेष्ठ १५, मंगलवार

लमजुङ : लमजुङ सदरमुकाम बेंसीसहरमा मंगलबार मध्याह्न दिउँसो ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन् ।

बेंसीसहर नगरपालिका ७, तमू संग्रहालयको ओरालोमा ब्रेक फेल भएको जिप क्याम्पस रोडको आस्मी खाजा घरको सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएका हुन् । दूधपोखरी गाउँपालिका १, को कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक लिएर तमू संग्रहालयमा आउँदै गरेको ग३च ५०७१ निजी जिप तमू संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो । शिक्षक र विद्यार्थी भने सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार जिप दुर्घटनामा परेर घरधनी वर्ष ३८ का सिर्जना श्रेष्ठ, छिमेकी अन्दाजी ८० वर्षीया रत्नाकुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ वर्षफया डम्मरकुमारी रोका घाइते भएका छन् । श्रेष्ठको टाउको र चोट साथै राउतको दायाँ कोखामा चोट लागेको छ । रोकामगरको ढाड र करङमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको चपाईंले बताए ।

घाइतेको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको छ । चालक दूधपोखरी गाउँपालिका ४, नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार