किंग्स कपको उपाधि अल हिलाललाई

२०८१ जेष्ठ १९, शनिबार

काठमाडौँ : साउदी अरब प्रो लिगच्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको तनाव पूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अलनासलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो । हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो ।

खेल सुुरु भएको सातौं मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । ८७औं मिनेटमा हिलालका अली अलबुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए ।  ८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो ।

९० औं मिनेटमा अलहिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो । उसका कालीडो कोलीबाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजी मार्न सफल भयो । अल हिलालका एलेक्सान्दर मित्रो भिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अलहम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अलनाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे ।

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार