गणतन्त्र स्तम्भ अवलोकन गर्न खुला गर्नुपर्छ : राप्रपा सांसद सिंह

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले अवलोकनका लागि गणतन्त्र स्तम्भ खुला गरिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले सर्वसाधारणका लागि अवलोकन गर्न तुरून्त गणतन्त्र स्तम्भ र पार्क खुला गर्नुपर्ने बताएका हुन्।

‘नारायणहिटी दरबारभित्र गणतन्त्र स्तम्भ बनेको पाँच वर्ष भइसक्यो, ताला लगाइराखेको छ,’ उनले भने, ‘त्यो पार्कमा जनतालाई घुम्न र अध्ययन गर्न तुरून्त खुला गर्नुपर्छ।’

नेपाल सरकारले गणतन्त्र स्तम्भ र पार्क खुला गर्ने तथा व्यवस्थापन गर्न नसक्ने हो भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिनुपर्ने पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार