खाटबाट लडेर १६ महिने शिशुको मृत्यु

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ : भक्तपुरमा खाटबाट लडेर १६ महिनाको शिशुको ज्यान गएको छ। भक्तपुर नगरपालिका १० कमलविनायकस्थित डेरा गरी बस्ने रामेछापको रामेछाप नगरपालिका ३ घर भएकी सरु खड्काको छोरा १६ महिनाको सम्राट खड्का खाटमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।

सोमबार बिहान ११ बजेतिर लडेका उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो।

तर उपचारको क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार