१०औँ तलाबाट हामफालेर २७ वर्षीया युवतीले गरिन् आत्महत्या

२०८१ जेष्ठ २१, सोमबार

काठमाडौँ : मुम्बईमा एक आईएएस दम्पतीकी २७ वर्षीया छोरीले सोमबार आत्महत्या गरेकी छन्।

महाराष्ट्र क्याडर आईएएस अधिकारी विकास रस्तोगी र राधिका रस्तोगीकी छोरी लिपी रस्तोगीले आत्महत्या गरेकी हुन्। विकास रस्तोगी शिक्षा विभागका सचिव हुन् भने राधिका रस्तोगी मुद्रा विभागकी सचिव। लिपीले सोमबार बिहान ४ बजे नरिमन पोइन्टस्थित सरकारी निवासको १०औँ तलाबाट हाम फालेको प्रहरीले जनाएको छ। उनलाई तत्काल जीटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले लिपी डिप्रेसनमा रहेको दाबी गरेको छ। उनी हरियाणाको सोनीपतमा एलएलबी पढ्दै थिइन् र आफ्नो पढाइप्रति तनावमा थिइन्। प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ, जसमा उनले आफ्नो मृत्युका लागि कसैलाई दोष नदिन भनेकी छन्। दैनिक भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार