रौतहटमा भेटियो पुरुषको शव : हत्या गरिएको आशंका

२०८१ जेष्ठ २२, मंगलवार

रौतहट : रौतहटमा एक पुरुषको शव भेटिएको छ। रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

राजपुर नगरपालिका १ पिपरा भगवानपुर देखि पूर्वतर्फ शेख इद्रिस गेट छेउ हुलाकी सडक खण्ड नजिकै एउटा खेतमा करिब ४५ वर्षीय पुरुषको शव भेटिएको हो । हत्या भएको पुरुष भारतीय भएको अनुमान गरिएको छ।

स्थानीय बासिन्दाहरूले पुरुषको शव देखेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरुषलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।

शव भेटिएका पुरुषको हत्या शव रहेकै ठाउँमा गरिएको हो वा अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर फालेको हो भन्ने अझै खुल्न नसकेको र घटनाको बारेमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी गराएकी छन्।मृतक पुरुषको शव प्रादेशिक अस्पताल गौरमा राखेर सीमा पारी काउन्टर पार्टसका सुरक्षा अधिकारीलाई खबर गरिएको डिएसपी गिरीले बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार