काठमाडौं उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौँ : प्रमुख सचेतक परियार

२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ : सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्।

बुधबार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन्।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक सहर, सांस्कृतिक सहर, आर्थिक सहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो। उनले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार