पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँः प्रदेश प्रमुख खापुङ

२०८१ जेष्ठ २३, बुधबार

मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताए ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित वृक्षरोपण कार्यक्रममा उनिले प्रत्येक नागरिकले घरमा एक÷एक रुख रोपेर वातावरण संरक्षणमा योगदान गर्न आग्रह गरे ।

प्रदेश प्रमुख खापुङले प्लाष्टिकजन्य पदार्थलाई बहिष्कार, वृक्षरोपण तथा वनजङ्गल संरक्षण गरे वातावरण प्रदूषण न्यूनीकरण र बाढिपहिरो रोकथाममा योदान पुग्ने भन्दै सबैको ध्यानाकर्षण गराए ।
त्यसअवसरमा प्रदेश प्रमुख कार्यालयका सचिव छविन्द्र पराजुली, कर्मचारी एवं सञ्चारकर्मीले विभिन्न जातका बिरुवा रोपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार