राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्ः सांसद डाँगी

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्। बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले आधार बिनाको पूर्वाधारमा लगानी बन्द गर्नुपर्ने पनि बताइन्। राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहानामा नभइ निश्चित मापदण्डका आधारमा छनौट गर्नुपर्ने पनि उनले बताइन्।

उनले भनिन्, ‘आधार बिनाका पूर्वाधारमा लगानी बन्द गरियोस्। अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्। राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभइ एउटा क्रंक्रिट मापदण्डका आधारमा छनौट गरियोस्। स्रोतको सुनिश्चितता बिना पूर्वाधार आंशिक लगानी गर्नु नागरिकको लागि धोका हो। यो प्रवृत्ति यसै वर्षबाट अन्त्य गरियोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार