गृहमन्त्री लामिछानेले दलहरूसँग मागे विपद‍्मा खट्ने स्वयंसेवक

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद‍्काे समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गरेका छन् ।

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँग अन्तरक्रिया गर्दै उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलहरूसँग विपद‍्मा स्वयंसेवा गर्ने व्यक्तिहरूको विवरण माग गरेका हुन् । उनले मनसुनजन्य विपद‍्मा स्वयंसेवकहरूको आवश्यक पर्ने उल्लेख गर्दै दलहरूले आफ्नोतर्फबाट कति स्वयंसेवक दिनसक्छन्, सोही अनुसार मन्त्रालयले योजना बनाउने बताए ।

गृहमन्त्री लामिछानेले दलहरूले दिने जनशक्तिमध्ये कति जना विपद‍्मा राहत, उद्धारमा अनुभव भएका हुन्छन्, सो कुरा पनि खुलाउन आग्रह गरे । उनले राजनीतिक दलहरूको संगठन सबैतिर हुने भन्दै सो संगठनलाई विपद् व्यवस्थापनमा लगाउँदा प्रभावकारी हुने पनि बताए ।

उपप्रधानमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेलामा काम गर्नका लागि राजनीतिक दलहरूको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार