घोराही : दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ स्थित गणेशपुर पार्क जाने चोकमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो। बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
प्रहरी निरीक्षक थापाका अनुसार घाइते हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका-५ निवासी २९ वर्षीय अङ्कित गुप्तासहित पाँच जना घाइते भएका छन्। प्रहरी निरीक्षक थापाका अनुसार दुर्घटनामा छविलालको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।





