गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचार गर्नुपर्छ : पूर्वसभामुख सापकोटा

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौँ : पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गणतन्त्रका उपलब्धिलाई जनस्तरसम्म प्रचारप्रसार गर्नुपर्ने बताए ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै उहाँले प्रचारप्रसारका विभिन्न तौरतरिकामध्ये तस्वीर प्रदर्शनी पनि एक माध्यम भएको उल्लेख गरे ।

उनिले जनताको बलिदानीपूर्ण सङ्घर्ष र आफूहरु समेतको सहभागितामा गणतन्त्रको स्थापना भएकामा गौरवबोध गर्दै यस व्यवस्थालाई बलियो गरी संरक्षण गर्न आवश्यक भएको बताए । पूर्वसभामुख सापकोटालाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईसहितले स्वागत गर्दै तस्बिर प्रदर्शनी र राससका गतिविधिबारे अवगत गराए। यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार