व्यास नगरपालिकाको पुनः मतगणना स्थगित

२०८१ जेष्ठ ३२, शुक्रबार

दमौली : तनहुँको व्यास नगरपालिकाको प्रमुखका पुनःमतगणना स्थगित भएको छ ।

उच्च अदालत पोखराको फैसलाबमोजिम आगामी असार २ गते पुनःमतगणना हुने भनिएकामा उच्चकै आदेशबमोजिम मतगणना रोकिएको हो । यही जेठ १ गते उच्च अदालतले पुनःमतगणना गर्न आदेश दिएको थियो । सो फैसलाविरुद्ध नगरप्रमुख वैकुण्ठ न्यौपानेले यही जेठ २४ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । सो रिट सर्वोच्चमा सुनुवाइ हुन बॉकी छ । उक्त सुनुवाइको पेसी आगामी असार २ गतेलाई सरेको छ ।

यसअघि जेठ २७, २८ र २९ मा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्चमा परेको रिट किनारा नलागेसम्म असार २ गतेलाई हुने भनिएको मतगणना स्थगित गरिएको उच्च अदालत पोखरा सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

नगरप्रमुख न्यौपानेले पुनः मतगणना स्थगितका लागि उच्च अदालतमा समेत निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार