ठुला टोलीसँग अझ बढी खेल्न पाए सकारात्मक नतिजा हासिल गर्न सक्छौँ : कप्तान पौडेल

२०८१ असार १, शनिबार

काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सकारात्मक नतिजा हासिल गर्न आफ्नो टोलीलाई विश्वका ठुला भनिएका टोलीहरूसँग अझ बढी खेल्ने अवसर आवश्यक रहेको बताएका छन् । शनिबार दक्षिण अफ्रिकाविरुद्ध जितको नजिक पुगेर पनि पराजित भएपछि कप्तान पौडेलले सो कुरा बताएका हुन् ।

१ सय १६ रनको मध्य लक्ष्य पछ्याएको नेपाल लामो समयसम्म खेलमा दक्षिण अफ्रिकामाथि हाबी थियो । तर, ताब्राइज साम्सीले १८ औँ ओभरमा २ विकेट लिएपछि नेपाललाई धक्का लागेको थियो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ७ रन चाहिएको थियो । तर, ओटनियल बार्टम्यानले त्यसलाई सफलतापूर्वक रक्षा गरे । अन्तिम बलमा नेपालले दुई रन बनाउन सकेको भए खेल जित्ने थियो। तर, नेपालले एक रन पनि लिन सकेन । एक रन लिन सकेको भए पनि खेल सुपर ओभरमा जाने थियो ।

‘हामीले जसरी बलिङ र ब्याटिङ गर्‍यौँ, म मेरो टोलीबाट गौरवान्वित छु,’ पौडेलले खेलपछि भने, ‘हामी धेरै नजिक पुगे पनि केही टाढा नै रह्यौँ । तर, हामीले जसरी लड्यौँ, त्यो राम्रो थियो । हामीले नियमित रूपमा ‘एक्सपोजर’ पायौँ भने अर्को खेलमा हामी (नतिजाको) अर्को साइडमा हुनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार