जनकपुरधाम : हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका छन् ।
फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका हुन् । ‘रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए, सोही क्रममा भागे’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।





