बलिवुड अभिनेता अनुपम खेरको अफिसमा चोरी

२०८१ असार ७, शुक्रबार

काठमाडौं : बलिवुड अभिनेता अनुपम खेरको मुम्बईस्थित वीरा देसाईको अफिसमा चोरी भएको छ। कार्यालयको लेखा विभागको सेफ बाकस लिएर चोरहरु फरार भएको अभिनेता खेरले जानकारी दिएका छन्। यति मात्र होइन, चोरहरूले फिल्मको नेगेटिभ बक्स पनि साथमा लगेको उनले बताएका छन् । सीसीटीभी फुटेजमा चोरहरू अटोमा बसेको देखिएको र मुम्बई प्रहरीमा उजुरी दिएको बताए।

अनुपम खेरले बताएका छन्- ‘हिजो राति मेरो वीर देसाई रोडको अफिसमा दुईजना चोरले मेरो अफिसको दुई वटा ढोका तोडेर लेखा विभागको पूरै सेफ (जुन सायद तोड्न सकेनन्) र हाम्रो कम्पनीले निर्माण गरेको फिल्मको नेगेटिभ सामान चोरेर लगेका थिए। हाम्रो कार्यालयले एफआईआर दर्ता गरेको छ।

सीसीटीभी क्यामेरामा दुवैजना सामान बोकेर अटोमा बसेको देखिएकाले छिट्टै चोरहरु समातिने प्रहरीले आश्वासन दिएको छ। भगवानले उनीहरुलाई सद्बुद्धि दिउन्। चोरहरूले ताला तोडेर नगद सहित करिब ४.१५ लाख भारु बराबरको सामान चोरेको प्रहरी अधिकारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार