पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, ६ जना घाइते

२०८१ असार ८, शनिबार

काठमाडौँ : काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख  ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो । दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल  रटेकनाथ कडेलको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार