क्रिमियामा युक्रेनी मिसाइल आक्रमणमा दुईको मृत्यु

२०८१ असार ९, आईतवार

रुस : रुसले कब्जा गरेको क्रिमिया प्रायद्वीपको सेवस्तोपोलमा आइतबार युक्रेनी मिसाइल आक्रमणमा दुई वर्षीय शिशुसहित दुई जनाको मृत्यु भएको र २२ जना घाइते भएको मस्कोद्वारा नियुक्त सहरका गभर्नरले बताउनुभएको छ ।

कृष्ण सागरको बन्दरगाह सहर तथा सन् २०१४ मा रुसद्वारा कब्जा गरिएको क्रिमिया प्रायद्वीपको नौसैनिक अड्डा सेवस्तोपोल नियमितरूपमा युक्रेनी आक्रमणको चपेटामा परेको छ तर आइतबारको आक्रमणमा मृत्यु हुनेको सङख्या असामान्यरूपमा धेरै थियो ।

“अपुष्ट जानकारीअनुसार सेवस्तोपोलमा युक्रेनको सशस्त्र बलको आजको आक्रमणमा दुई शान्तिपूर्ण बासिन्दाको मृत्यु भयो, मृत्यु हुनेमा एक दुई वर्षका शिशु थिए”, सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा लेखे ।

उनिका अनुसार युक्रेनले प्रहार गरेको पाँच वटा मिसाइललाई रुसी हवाई रक्षा बलले समुद्रमाथि रोकेको थियो तर टुक्राहरू तटवर्ती क्षेत्रमा खस्यो र छर्राका टुक्राले मानिसहरू घाइते भए ।

रजभोझायेभले मिसाइलका टुक्रा सहरको उत्तरमा तटीय क्षेत्रमा खस्ता एउटा घर र जङ्गलमा आगो लागेको थियो । उहाँले यसअघि आइतबार रुसको दक्षिणी बेलगोरोड क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेको एउटा ड्रोनले एक व्यक्तिको मृत्यु भएको थियो ।

बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभका अनुसार तीन युक्रेनी आक्रमणकारी ड्रोनले युक्रेनको सीमाबाट केही किलोमिटर टाढा ग्रेभोरोन सहरमा आक्रमण गरेका थिए । आक्रमणमा एउटा ड्रोनले फ्ल्याटहरूको बहुतले ब्लक नजिकै कार पार्कलाई निशाना बनाएको थियो ।

ग्ल्याडकोभले टेलिग्राममा लेख्नुभएको छ, “हमलामा एक जना शान्तिपूर्ण नागरिकको मृत्यु भएको छ, चोटका कारण उनको घटनास्थलमा मृत्यु भएको हो, आक्रमणमा तीन जना घाइते भएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार