बढुवा भएका ६१ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

२०८१ असार १०, सोमबार

 काठमाडौँ : प्रधान सेनापति प्रभुराम शर्माले विभिन्न पदमा बढुवा भएका ६१ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सोमबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उपसेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार