काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड ६३ लाख

२०८१ असार १०, सोमबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ।

उपप्रमुख सुनिता डंगोलले सोमबार नगरसभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेकी हुन्।

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष ०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार