काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाइका हुन् ।
पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् ।
एक मन्त्रीले भने, ‘केही छलफल गर्नुपर्छ भनेर बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक सकेर जाने हो ।’