रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने

२०८१ असार १८, मंगलवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिए । उनिले भने , “वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने वित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ ।”

दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार