राजीनामा दिन बालकोटबाट बालुवाटार हिँडे एमालेका ८ मन्त्री

२०८१ असार १९, बुधबार

काठमाडौँ : नेकपा एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार गएका छन्।

उनीहरू केहीबेरअघि मात्रै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट बालुवाटारतर्फ लागेका हुन्। प्रधानमन्त्रीले साढे ८ बजेलाई समय दिएपछि मन्त्रीहरू बालुवाटार गएको एमालेका एक नेताले जानकारी दिए।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार