कांग्रेससँगको सहमति भोलि सार्वजनिक हुन्छ : एमाले महासचिव पोखरेल

२०८१ असार २७, बिहीबार

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति भोलि सार्वजनिक गरिने बताए ।

महासचिव पोखरेलले भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको सामना गरेपछि दुई दलबीच भएको सहमति सार्वजनिक गरिने जानकारी दिए । संविधान संशोधन, सहमतिको सरकार र सुशासन ७ बुँदे सहमतिको मुख्य प्राथमिकता भएको पनि उनिले बताए ।

राजनीतिक स्थायित्वका लागि आधार खोजिने र थ्रेसहोल्डको प्रतिशत बढाउने वा समानुपातिक प्रणालीलाई प्रत्यक्ष निर्वाचनमा जोड्नेबारे छलफल गरेर टुङ्गोमा पुगिने उनिको भनाइ छ । महासचिव पोखरेलले आन्दोलनका बेला धेरै दल चाहिए पनि अब स्थिरता र विकासका लागि दुई दल भए पुग्ने धारणा राखे ।

१० प्रतिशत पनि जनमत नहुने दलले विकल्प दिन नसक्ने दाबी महासचिव पोखरेलको छ । महासचिव पोखरेलले मुलुकको भविष्य र जनताको हितका लागि २०८४ सम्म नेपाली कांग्रेस र नेकपा एमाले मिलेर जाने सहमति भएको बताए ।

नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्विप जारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार