सुनको मूल्य बढेर बनायो नयाँ रेकर्ड

२०८१ असार २८, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १८ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार