सिमलताल पुगेर रविले लिए खोज तथा उद्धारबारे जानकारी

२०८१ श्रावण १, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवंम निवर्तमान गृहमन्त्री रवि लामिछाने दुईवटा बस दुर्घटना भएको स्थान नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पुगेका छन् ।

आज उनी त्यहाँ पुगेर घटना विवरण एवं उद्धारको प्रगतिका बारेमा जानकारी लिएको सचिवालयले जनाएको छ । उनले घटनास्थलकाे अवलाेकन पनि गरेका थिए ।

उनी गृहमन्त्री हुँदा घटनाप्रति जिम्मेवार नभएको भन्दै आलोचना भएको थियो । गत शुक्रबार लेदोसहितको पहिरोले दुई बसलाई बगाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार