नारायणीमा फेला परेको एउटा शव सीमलताल दुर्घटनाको नभएको पुष्टि

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : नारायणी नदीमा फेला परेको एउटा शव सिमलताल दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ। दुर्घटनामा परेका भनिएका २५ यात्रुको शव फेला परेको भनिए पनि एउटा शव अर्कैको भएको सोमबार सनाखत भएको छ।

सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, साउन ४ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको केउरनीस्थित नारायणी किनारमा फेला परेको महिलाको शव दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ।

उक्त शव पाल्पा रामपुर नगरपालिका १ ठूलोबेसीस्थित कालिगण्डकी नदीबाट साउन २ गते दिउँसो १ बजेदेखि बेपत्ता ५२ वर्षकी मायादेवी विकको रहेको खुलेको छ। उनका छोरा राम बहादुर विकले सनाखत गरी शव बुझेर लगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार