विद्युत्‌को अभावमा उद्योग बन्द भए : सांसद गिरी

२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ : सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले विद्युत् नपाएर केही उद्योगीले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गिरीले विद्युत् भएर पनि उद्योगीले विद्युत्को अभाबमा उद्योग वन्द गर्नुपरेको वताए ।

‘यदि कुनैपनि उद्योगी, व्यवसायीहरूले नियम बमोजिम राज्यलाई तिर्नुपर्ने शुल्क तिरेको छैन भने त्यो अनिवार्य तिर्नुपर्छ । त्यसमा इफ र बट भन्ने हुँदैन । तर कुनै आग्रह पूर्वाग्रह राखेर, कुनैपनि किसिमको स्वार्थ पूरा नभएको कारणले उद्योगी व्यवसायीको हुर्मत लिने हिसावले यति पैसा दिनुपर्छ, होइन भने दिदैनौं भन्छ भने त्यो अधिकार कसैलाई पनि हुँदैन,’ उनले भने,‘ यस्तो हुनु भनेको सुशासन होइन भन्ने आशयका साथ सम्माननीय प्रधानमन्त्रीज्यूले यस्ता काही समस्या छन भने संवादको माध्यामबाट समाधान निकालौं । तर आज हामीले उत्पादन गरेको विद्युत्ले बजार नपाउने अवस्था छ । अर्कोतिर विद्युत् नपाएर केही उद्योगीहरूले आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो भन्दा दुर्भाग्यपूर्ण अवस्था अरु के हुन सक्दछ ?’

उनले प्रधानमन्त्री ओलीले नियम बमोजिम उद्योगीहरूले पनि विद्युत् महसुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र)ले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन् । सांसद गिरीले विगत ८/१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत् महसुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।

‘केही आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाइनको महसुलमा बार्गेनिङ गरेर माओवादी केन्द्रले उद्योगीहरू माथि अनुचित लाभ लिन खोजेको पनि विगतमा देखिएको छ,’ उनको आरोप छ, ‘२०७२ सालेदेखि ८–१० वर्षयता हाम्रो ऊर्जा मन्त्रालय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सम्हालिरहेको छ ।

तर, दुभार्ग्य उद्योगी व्यवसायीहरूले उपभोग गरेको ट्रंक लाइन र डेडिकेटेड लाईनको नाममा २२ अर्ब भन्दा बढी भुक्तानी लिनुपर्नेछ भन्ने विद्युत् प्राधिकरणको निर्देशनबमोजिम आज त्यो भुक्तानी नदिएको भनेर केही उद्योगीहरूको लाइन काटने काम भएको छ । त्यसकारण यो समस्याको तत्काल समाधान गर्नुपर्छ भनेर सम्मानीय प्रधानमन्त्रीज्यूले भन्नुभयो । त्यस विषयलाई लिएर सम्माननीय सभामुख महोदय आज जुन किसिमको प्रमुख प्रतिपक्ष दलका माननीयहरूले कोकोहोलो मच्चाउनु भयो ।’  सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिम सबै उद्योगीहरूसाग विद्युत् महसुल लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार