कोशी सरकारबाट बाहिरिँदै माओवादी

२०८१ श्रावण ११, शुक्रबार

विराटनगर : नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिँदै छ। सम्भवतः आजै सरकारबाट बाहिरिने माओवादीको तयारी छ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि माओवादीले भने नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकार छाडेको थिएन। सरकार नछाडेको भनेर माओवादीको तीव्र आलोचना भइरहेको थियो। नेपाली कांग्रेस र एमालेलगायतका दल सम्मिलित गठबन्धन बनेपछि केन्द्रमा माओवादी प्रतिपक्षमा पुगेको छ।

तर, कोशीमा भने सरकार छाडेको छैन। केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री कार्कीलाई थियो। कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन्। बन्दना झागड राज्यमन्त्री छिन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार