काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि

२०८१ श्रावण १३, आईतवार

काठमाडौँ : काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका  प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले  कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिए । उनले भने, काठमाडौँमा तीन जनामा हैजा पुष्टि भएको छ । उनीहरू टेकु अस्पतालमा उपचाररत छन् ।

यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार