वाग्मतीका मुख्यमन्त्री लामाले भोलि विश्वासको मत लिने

२०८१ श्रावण १४, सोमबार

काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले भोलि (साउन १५ गते मंगलबार) विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। सचिवालयका सचिव पूर्णबहादुर दर्जीले दिएको जानकारी अनुसार प्रदेशसभाको बैठक मंगलबार दिउँसो ३ बजेका लागि आह्वान भएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार