गोकर्णेश्वरको धागो फ्याक्ट्रीमा आगलागी

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं : काठमाडौंको जोरपाटीस्थित गोकर्णेश्वरमा आगलागी भएको छ।

जोरपाटीस्थित गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको  एक धागो फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ओखलढुङगा स्थायी घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजल भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीले सञ्चालन गरेको मनकामना धागो कारखानामा आगलागी भएको अधिकारीले जानकारी दिए।

आगलागी नियन्त्रणका  लागि ५०  जना प्रहरी, २५ जना नेपाली सेना र स्थानीयवासी परिचालित भैरहेको उनको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार