बंगलादेशको एटीएम सबै रित्ता, किन छैन पैसा ?

२०८१ श्रावण २७, आईतवार

ढाका : बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ ।

प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरू अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरू रित्तो भएका छन्, त्यहाँ प्रहरीहरू छैनन् । न त सडकमा ट्राफिक नै रहेका छन ।

एटीएम बुथसम्म नगद पुर्‍याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटीएममा नगद नभएको बैंकरहरूले बताएका छन् । यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो । हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् ।

नयाँ सरकारले पनि अझै सुरक्षा व्यवस्थालाई  नियन्त्रणमा लिइसकेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार