रुसमा गरेको आक्रमण युक्रेनी राष्ट्रपतिले पहिलोपटक स्वीकारे

२०८१ श्रावण २७, आईतवार

काठमाडौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पहिलोपटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन्।शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जालेस्कीले युक्रेनको सेनाले युद्धलाई “आक्रामक क्षेत्रमा” धकेलिरहेको बताए।

युक्रेनले अभियान सुरु गरेको पाँच दिनपछि यो बयान आएको हो। यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ र सीमाका दुवै छेउमा ठूलो संख्यामा मानिसहरूलाई स्थानान्तरण गर्न प्रेरित गरेको छ। आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोट भएको बीबीसीले जनाएको छ।

शनिबारको सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूमिमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेक्सान्डर सिर्स्कीसँग छलफल गरेको बताए। उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको दाबी पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार