काठमाडौं : तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन। काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो । बुद्धीकुमार राजभन्डारी कोशी प्रदेशका पूर्वमन्त्री र पुरुषोत्तम शर्मा टेली शृंखला ‘सक्किगोनी’ का कलाकार हुन् ।
जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ । गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।





