सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भोली विश्वासको मत लिने

२०८१ श्रावण २९, मंगलवार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोली ३० गते बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । साउन २० गते नियुक्त भएका मुख्यमन्त्री शाहलाई काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार नै प्रदेश सभा सचिवालयमा पठाइएको मुख्यमन्त्रीको सचिवालय सदस्य रामबहादुर बिष्टले जानकारी दिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत पाउन कम्तिमा २७ जना सांसदको समर्थन आवश्यक पर्छ । पछिल्लो सत्ता समिकरणमा रहेका काँंग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीसहित प्रदेश सभामा ३६ जना सांसद रहेका छन् ।

प्रदेश सभामा कााग्रेसका १८ जना सांसद रहेका छन् । त्यस्तै, एमालेका ११, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार