बंगलादेशमा १३ वर्षयताकै उच्च मूल्यवृद्धि

२०८१ श्रावण २९, मंगलवार

ढाका : बंगलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ। यो बंगलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धि दर रहेको बैगदेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मुल्यवृद्धिदर अस्वाभाविक रूपमा बढेको विभागको तथ्यांकले जनाएको छ। गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ।

बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो। यसैगरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो।

गैरखाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मूल्यवृद्धिदर बढेर ९.७३ प्रतिशत पुगेको छ, जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्यभन्दा धेरै हो। तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बंगलादेशको मूल्यवृद्धि दर ९.०२ प्रतिशत थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार