काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । दुर्घटना भएको बा.४९ प ८९४४ नम्बरको स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ ।
ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा राखिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।





