खुम्बु बाढी: तीन वटा घर बगायो, ६ जनाको सकुशल उद्धार

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित आएको भीषण बाढीले तीन वटा घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका सोलुखुम्बुका अनुसार बाढीले तीन वटा घर बगाएको छ भने ४, ५ वटा घर जोखिममा छन्। त्यस्तै एउटा होस्टेल पनि जोखिममा रहेको छ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको टोलीले ६,७ जनाको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ। बाँकी थप विवरण आउन बाँकी छ। शुक्रबार दिउँसो खुम्बु पासाङल्हामू गाउँपालिका वडा(५ मा पर्ने थामे गाउँ एक्कासि लेदोसहित बाढी आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार