नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

२०८१ भाद्र ४, मंगलवार

ताप्लेजुङ : १५ वर्षे एक नाबालिकालाई प्रलोभन देखाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २७ वर्षे एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङका २७ वर्षीय वीरबहादुर विक रहेका छन्। प्रहरीले उनको ठेगाना खुलाएको छैन।

प्रहरीले मेरिङदेन गाउँपालिका वडा नं ३ दोभान बजारबाट उनलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

वीरबहादुर माथि १५ वर्षीय ती बालिकालाई गत बैशाख ५ गते पहिलो पटक,८ गते दोस्रो पटक र साउन २९ गते तेस्रो पटक जबरजस्ती करणी गरेको अभियोग रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार