सामसङद्वारा ग्यालेक्सी ए र ट्याब एस९ एफई सिरिजमा पनि ‘सर्कल टु सर्च’ सुविधा विस्तार

२०८१ भाद्र ६, बिहीबार

काठमाडौं : सामसङले ग्यालेक्सी ए सिरिजका फोनहरूमा मोबाइल एआईको सुविधा विस्तार गरेको छ। यस अनुसार अब ग्यालेक्सी ए सिरिजका ग्राहकले गुगलमा सर्कल टु सर्चको अप्सन पाउनेछन्।

यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिने कम्पनीको दाबी छ। यो सुविधा ग्यालेक्सी ए सिरिजका केही फोनका साथै ग्यालेक्सी ट्याब एस९ एफईमा पनि आउनेछ। ग्यालेक्सी एस२४ सिरिज सुरु भएपछि सर्कल टु सर्चको अप्सनमा फोनहरुमा आएको हो।

ग्यालेक्सी जेड फ्लिप६ र जेड फोल्ड६ लगायत थप ग्यालेक्सी फोनमा समेत यो एआई विस्तार हुँदै गएको छ। सर्कल टु सर्च अप्ससनले एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्न सकिन्छ। डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको टेस्क्ट, फोटो वा भिडियो छनौट गरेर स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार