हेटौँडा : साउदी प्रो लिगको नयाँ सिजन सुरु भएको छ । गए राति सम्पन्न साउदी लिगको खेलमा रोनाल्डो प्रेरित अल नासर बराबरीमा रोकिएको छ ।
अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ३४औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
तर अल राएदका लागि मोहमद फौजैरले खेलको ४९औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै अल नासारलाई नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोक्न सफल बन्यो । यो खेलपछि दुवै क्लबले एक/एक अंक हासिल गरेका छन् ।





