कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ भाद्र ९, आईतवार

सिमरा : बाराको पथलैयामा आइतबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही कर्मैया-९ का ३५ वर्षीय मानबहादुर प्रधान रहेका छन्।

त्रिभुवन राजपथ अन्तर्गत पथलैयाबाट करिब एक किलोमिटर उत्तरतर्फ दुर्घटना भएको हो। हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा५८प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले ठक्कर दिएको थियो। कारको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार