म सत्ताको खेलमा छैन, बीचमै फकाउन र फुर्क्याउन नआउनु हाेला : प्रचण्ड

२०८१ भाद्र ११, मंगलवार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताए । ‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन।’ उनले भने, ‘सरकार छाड्न पर्दा माओवादी घाइते छैन झन् उन्मुक्ति महसुस भएको छ। अब हाम्रो प्राथमिकता सरकार होइन आन्दोलन र खबरदारी हो।’

उनले कांग्रेस-एमालेलाई झगडा गरेर आफूलाई बीचमै फकाउन र फुर्क्याउन नआउन पनि आग्रह गरे। उनले आफूमाथि अस्थिरताको आरोप लगाइएको भन्दै त्यसको खण्डन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार