विराटनगर : पाँचथरको फालेलुङ–५ मा बम पड्किँदा तीनजना बालबालिका घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय दिलिम साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा, अढाई वर्षकी छोरी प्रिन्सा साँवा र अर्का ९ वर्षीय पवन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दिउँसो साढे २ बजे बम विस्फोट भएको थियो । बालबालिका खेलिरहेका बेला बम पड्किएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





