धनगढीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु

२०८१ भाद्र २२, शनिबार

धनगढी : धनगढीमा तालमा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका- ३ विशालनगरमा रहेकाे नेतुवा तालमा परिचय नखुलेका अन्दाजी ३० वर्षीय पुरुषकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।

तालमा डुबेका उनकाे शव निकालिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार