उपसभामुखलाई राजीनामा दिन कांग्रेसको आग्रह

२०८१ भाद्र २७, बिहीबार

काठमाडौं : सत्तासीन कांग्रेसले उपसभामुख इन्दिरा रानामगरलाई राजीनामा दिएर तत्काल मार्गप्रशस्त गर्न आग्रह गरेको छ। उपसभामुख रानामगरमाथि उठेका प्रश्न गम्भीर रहेको भन्दै कांग्रेसले मार्गप्रशस्त गर्न आग्रह गरेको हो।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारीको बैठकले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै राजीनामा माग गरेको हो।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार कांग्रेसले मार्गप्रशस्त नै उचित उपाय ठहर हुने निर्णय लिएको बताए। घिमिरेले भने, ‘उपसभामुखले त्यस्तो सिफारिस गर्नै मिल्दैन। जुन काम उहाँबाट भयो त्यो गलत छ।, त्यसले संसद्लाई नै अपमानित गर्ने काम गरेको छ। मुलुकको पनि शिर झुकाएको कांग्रेसको बुझाइ छ।’ कांग्रेसको आधिकारिक धारणाको विषयमा थप्दै घिमिरेले भने, ‘उपसभामुख आफैंले राजीनामा दिएर मार्गप्रशस्त गर्नु ठीक हुन्छ।’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। उक्त विषय राष्ट्रहितविपरीत र पदीय गरिमाविपरीत भएको भन्दै सत्तारूढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए। सोही विषयमा आफ्नो धारणा बनाउनका लागि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए। कांग्रेस सांसदहरूले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपसभामुखलाई पदबाट राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न पुनः आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसदहरूले उपसभामुखले पदीय मर्यादाविपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्। कांग्रेस सांसद प्रतिमा गौतमले उपसभामुखले पदको दुरुपयोग गरेकाले नैतिकताले पदमा बसिरहन नदिने बताइन्।

उनले भनिन्,  ‘उपसभामुख माथि प्रश्न उठेका छन्।  प्रश्न उपसभामुख मगर व्यक्ति माथि होइन। उपसभामुख इन्दिरा राना मगरको हो। उपसभामुख पदीय जिम्मेवारीको मर्यादाको कुरा हो। यो पदमा बसेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराध हो,। उनले भनिन्, ‘उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नुभएको छ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार