काठमाडौं : आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन हुने भएको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । आजै मात्रै निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ मा उपनिर्वाचन गर्न सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै सरकारले साँझ निर्णय गरेको हो ।
निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्षसहित ३९ पद रिक्त छन् ।





