काठमाडाैं : माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा विभिन्न अफर सार्वजनिक गरेको छ ।
माछापुच्छ्रे बैंक यही असोज १७ गतेबाट २४औं वर्ष पार गरी २५औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यास ब्याक तथा विशेष छुट अफर ल्याइएको बैंकले जनाएको छ । बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू जस्तैः मोबाइल बैंकिङ्ग MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्डमार्फत ग्राहकले सेवा लिन सक्नेछन् ।
असोज १ देखि ३० गतेसम्मको अवधिमा मोबाइल बैंकिङ्ग MBL M- SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहक महानुभावहरूलाई विशेष छुटको योजना ल्याइएको बैंकले जनाएको छ । जसअन्तर्गत बैंकको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा सतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा सतप्रतिशत छुट पाउनेछन् ।
बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुस्ट २ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।